सिंगटीको आईपीओ मेरो शेयरमा आयो,कहिले होला दोस्रो बजारमा कारोबार ?

काठमाण्डौ – चैत्र २७ गते शेयर बाँडफाड भएको सिंगटी हाइड्रो पावरको शेयर पाउने लगानीकर्ताको हित ग्राही खातामा शेयर आइसको छ ।

शेयर खातामा आएसँगै यसको द्रोसो बजारमा कहिलेबाट कारोबार हुन्छ भन्ने सबैको चासो रहेको छ । यही विषयलाई हामीले विक्री प्रबन्धक मेघा क्यापिटल लाई सोधेका थियौं ।

कम्पनीका अनुसार अहिले सूचीकृत को सम्पूर्ण प्रकिया पूरा भई सम्झौताको प्रकियामा रहेकोले धितो पत्र बोर्डसँग आउँदो साता सम्झौता गरेर कारोबार गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

शेयर बाँडफाँड मा आवेदन दिएका मध्य २ लाख ६९ हजार ७०० आवेदकले १० कित्ताका दरले सेयर पाएका थिए । कुल सदर आवेदकमध्ये १२ लाख ९० हजार १०२ को हात खाली भएको छ।

बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि दिएका थिए ।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९।१६ गुणा भन्दा धेरै हो।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया