काठमाण्डौ – केही समय पहिला प्रीमियम प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको शेयर बाँडफाँड आज बिहान ८ हुने भएको छ ।
कम्पनीको शेयर बाँडफाँड बिहान ८ बजे बाँडफाँड गर्ने गरी तयारी भएको विक्री प्रबन्धकले आर्थिक सन्देश लाई जानकारी दिएको छ । ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार कम्पनीको शेयरमा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो ।
यो कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यो भनेको जोखिम महन गर्न सक्ने औषत रहेको जनाउँछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।
कम्पनी शेयर बाँडफाँड भएको २ घन्टा पछि iporesultcdsc.com.np मा हेर्न सकिने छ ।