काठमाण्डौ । साताको पहिलो दिन शतक हाराहारीले बढेको बजार सोमबार भने फेरी घट्यो । त्यस्तै आज मंगलबार प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेको छ ।
यो सेसनमा आज नेप्से २.४० अङ्कले बढेर समग्र बजार १९३५ विन्दुमा पुगेको छ । आज १६ कम्पनीको शेयर किनबेच भएकोमा ५ लाख ७८ बजारमाथिको शेयर किनबेच भएको छ ।
कारोबार भएका मध्य १० कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ । त्यस्तै बाँकी कम्पनीको भने शेयर मूल्य यथावत रहेको छ । २ कम्पनीको शेयर मूल्य २ प्रतिशतले मूल्य बढ्दा नागरिक लगानी कोषको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ ।