• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चन्द्रागिरीका शेयर धनीले १ हजार लगानीमा कमाए २५ हजार,शेयर मूल्य ३ हजार पुग्ने अनुमान

काठमाण्डौ – फेब्रुवरी २१ गतेबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरि हिल्सका शेयर धनीहरु छोटो समयमै मालामाल भएका छन् ।

पहिलो कारोबार १७४ मा खुलेर कारोबार प्रारम्भ भएको यो कम्पनीको शेयर मूल्य २ महिनाकै अवधिमा २४ सय माथि पुगेको छ ।

मंगलबार कम्पनीको शेयर मूल्य २४८५ कायम भएको छ । अघिल्लो दिन प्रति शेयर मूल्य २५ सय माथि पुगेको थियो । यसरी हेर्दा आइपीओ पर्ने शेयर धनिने आजको दिन सम्ममा करिब २४ हजार कमाएका छन् ।

किन उकालो लाग्दै छ यसरी मूल्य ?
सामान्य वित्तीय अवस्था हेर्ने हो भने कम्पनीको आर्थिक अवस्था निकै कमजोर छ । यो वर्षको अन्तिम सम्ममा मात्र प्रति शेयर मूल्य धनात्मक हुने देखिन्छ तर प्रति शेयर मूल्य भने आकासिएको छ ।

यो कम्पनीको शेयर मूल्य उकालो लाग्नुको एउटा कारण शेयरको सीमित सप्लाइ पनि एक हो । त्यसपछि यस्तो प्रकारको कम्पनीको यो एक्लो कम्पनी हो । यही कारणले यसको शेयर मूल्य ३ हजारको हाराहारीमा पुग्ने धेरैको अनुमान छ ।

प्रतिक्रिया