काठमाण्डौ – गत साताको बिहीबार बन्द भएको नेप्से आज सोमबारबाट खुल्दै छ ।
आईतबार घोडे जात्रा भएका कारण शेयर बजार बन्द भएको थियो ।
पाँच लाख हाराहारीमा संक्रमित लगानीकर्ता रहेको सेकेण्डरी मार्केटमा ५ अर्ब माथिको कारोबार हुने गरेको छ ।
बिहीबार २ अंक भन्दा धेरैले बढेको नेप्से आज सोमबार बढ्छ कि घट्छ भन्ने धेरैको चासो रहेको छ ।
अहिले सम्मकै उच्च बिन्दुमा रहेको नेप्से २०७८ को पहिलो महिनामै ३ हजारको बिन्दुमा पुग्ने धेरैको अनुमान छ ।
अनलाइन प्रविधिबाट कारोबार खुल्ला भएसँगै शेयर बजारमा धेरैको आकर्षण बढेको छ ।