काठमाण्डौ – अजोड इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रद शेयर अब रोक्का हुने भएको छ ।
समितिको निर्णय हुनु पूर्वनै सूचना चुहाएर शेयर बजारमा प्रभावित गर्न खोजेको भन्दै बीमा संस्थानले यस्तो कारवाही गर्न लागेको हो ।
कम्पनीले बिना बोनस हकप्रद शेयर निष्कासन गर्न लागेको थियो । शेयर निष्काशनको निर्णय हुनु पुर्वनै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको थियो । यही कारणले लगातार मूल्य बढेर ११ सय माथि पुगेको थियो ।
अजोड इन्स्योरेन्समा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताको सेयर छ ।
ीीमा समितिले अजोड इन्स्योरेन्सले आइपीओ निकालेको एकवर्ष समेत नभएको हुँदा हकप्रद निष्कासन गर्न नदिने निर्णय गरेको हो ।