अपर सोलु हाइड्रोले ३३ करोडको आईपीओ निष्कासन गर्ने


काठमाडौं–अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासनको तयारीमा छ । कम्पनीले चैत १६ गते आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले अनुमति दिने अन्तिम तयारीमा छ । 


कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर दिने जनाएको छ । कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।

प्रतिक्रिया