• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

रूरुको शेयर भाग्य बलियो हुनेहरूले मात्र पाउने, ३६ गुणा बढी आवेदन

काठमाण्डौ – रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा ३६ गुणा भन्दा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आइतबार साँझसम्ममा ९ लाख ५३ हजार ४४२ जना आवेदकबाट १ करोड ३९ लाख ४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओको ३५.६५ गुणा धेरै हो।

कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयरमा चैत्र २४ गते सम्म आवेदन दिन सकिने छ भने यसलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यो भनेको जोखिम महन गर्न सक्ने औषत रहेको जनाउँछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

यो कम्पनीको शेयरमा केवल 10 कित्ता आवेदन दिए पुग्ने देखिन्छ । किन भने ४ लाख हाराहारीमा शेयर निष्कासन गरेको हुँदा केही घण्टामा नै माग भन्दा धेरै आवेदन पर्ने लगभग निश्चित छ ।

प्रतिक्रिया