• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साता को पहिलो दिन प्रि ओपनमा नेप्से साढे २६ अंकले बढ्यो

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२.८८ अंक बढेर २६३१.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २६.४१ अंक बढेर २६५८.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ७३ कम्पनीको २ करोड २९ लाख ७१ हजार ७९७ रुपैयाँ बराबरको ३२ हजार ७२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १२ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया