काठमाण्डौ – ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको आइएमई जनरल इन्स्योरेन्सले हकप्रक शेयर निष्कासन गर्ने भएको छ ।
बोनस र हकप्रद पास गर्ने गरी कम्पनीले विशेष साधारण सभा बोलाएको छ ।
२०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनी सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्ता पूँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३९ लाख ८६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७६ लाख ६४ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनी उक्त बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने गर्ने प्रस्ताव गरेको छ । साधारण सभाबाट १ को अनुपालमा ०.४ को दरले हकप्रद जारी गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ ।