निरन्तर ओरालो लाग्दै नेप्से,निराश लगानीकर्ता

काठमाडौं । नेप्से घट्ने क्रम आज पनि रोकिएन बुधवार पनि बजार ३.३४ अंकले घटेको हो ।

उक्त दिन बजार परिसूचक २०६३ दशमलव ९५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन माइक्रोफाइनान्स ९९.६९ अंक, व्यापार समूह २.३० अंक र म्युचुअल फन्ड०.१३ अंकले वृद्धि भएको छ ।यी बाहेकका अन्य समूह राताम्य बनेका छन् ।

उक्त दिन कारोकार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँ बराबरको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको छ ।

आज पनि सोनापुर मिनिरल्सको १९ करोड ५२ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, शिवम सिमेन्टको १७ करोड ६० लाख र गोर्खाज फाइनान्सको ११ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।

प्रतिक्रिया