काठमाण्डौ – नेपालमा नयाँ लगानीकर्ताहरु दिन प्रतिदिन बढिरहेका छन ।
लगानीकर्ता बढेसँगै प्राथमिक शेयर निष्कासन धमाधम भइरहेको छन् । यसै बीच यही शुक्रवारबाट रुरू जलविद्युत कम्पनीको शेयर निष्कासन भएको छ ।
शेयर निष्कासन भएपनि आवेदन दिन भने निकै कठिन भएको छ । सधैं समस्या आइरहने मेरो शेयरमा यो पटक पनि समस्या आएको छ । एप र website दुवैमा समस्या आएसँगै आवेदन दिन समस्या भएको सेवा ग्राहिले बताएका छन् ।
सिडिएससीले भने मर्मत भइरहेको बताएको छ । साथै प्रयोगकर्ताले प्राइभेट विन्डोज बाट शेयरको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।