• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

६ लाख भन्दा धेरैले शेयर पाउने गरि ६२ करोडको नयाँ आईपीओ आउँदै

काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । एक जलविद्युत् कम्पनीले ६२ करोड ५०लाखको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।

ओखलढुंगा र रामेछाप जिल्लामा १२० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी ग्रीन भेञ्चर्स लिमीटेडले ६२ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि यो कम्पनीले आवेदन दिएको हो ।कम्पनीले प्रतिकित्ता रु. १०० दरका धितोपत्रको सार्वजनिक निश्कासन गर्न खोजेको हो ।

धितोपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । ग्रीन भेञ्चर्स प्रालि भारतको भिलवारा इनर्जी लिमीटेड र नेपालको त्रिवेणी इनर्जी प्रालिको संयुक्त लगानी रहेको कम्पनी हो ।

प्रतिक्रिया