काठमाण्डौ – नेपाली नयाँ लगानीकर्ताको लागि प्राथमिक शेयर निकै महत्त्पूर्ण हुने गर्दछ ।
यसै बीच नयाँ जलविद्युत कम्पनीले आइपीओ निस्कासन गर्ने निधो गरेको छ ।
माया खोला हाईड्रोपावरले सर्वसाधरणको लागि २४ करोड बराबरको २४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले सोही कामको लागि प्रभु क्यापिटललाई विक्री प्रबन्धक चयन गरेको छ ।
कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।