काठमाण्डौ – ज्योति लाइफ इन्सुरेन्सको शुक्रबार १२ बजे बाँडफाँड भए पनि बेलुकी अबेर सम्म सार्वजनिक भएको छैन । आईपीओ सार्वजनिक बाँडफाड भएको घण्टा सम्म पनि यसको नतिजा सीडीएसले सार्वजनिकमा सकेको छैन ।
लामो समयसम्म पनि नतिजा सार्वजनिक नपाइएपछि अहिले नियामक निकाय सीडीएससीको चौतर्फी आलोचना भएको छ ।
यसअगाडि विभिन्न अनलाइन माध्यमहरुबाट आईपीओ को नतिजा सार्वजनिक हुने गर्दथ्यो । अन्य कुनैपनि माध्यमलाई नदिने गरी केही समय पहिला यो प्रावधान ल्याएको cdsc ले आज नतिजा सार्बजनिक गर्न नसकेको हो ।
धेरै लगानीकर्ताले नियामक निकायको आलोचना गरेका छन् ।