काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमा आज अन्तिम दिन सम्ममा मागको ९ गुणा बढी आवेदन परेको छ ।
बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार मंगलबार साँझसम्ममा आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।
कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको छ ।