• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगानीकर्तालाई अर्को खुसीको खबर – नेपाल चिया विकास निगमले आईपीओ जारी गर्ने

काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नेपाल चिया विकास निगमले सर्वसाधारणलाई शेयर(आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्दैछ ।

२० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर छ भने निजी क्षेत्रको ६५ प्रतिशत शेयर छ ।

कम्पनीले चैत २९ गते आइतबार साधारण सभा आयोजना गरेको छ । कम्पनीले के कति साधारण शेयर जारी गर्ने भन्ने अझै यकिन गरेको छैन । शेयर जारी गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष सुभाष संघाइले बताए ।

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार नेपाल चिया विकास निगम २०३० साल माघ ११ मा दर्ता भएको हो। तर २०५६ सालमा आएर सरकारले यसलाई निजीकरण तर्फ लगेको थियो ।

प्रतिक्रिया