काठमाण्डौ – शनिबार सामाजिक सञ्जालहरुमा कुमारी बैंक र नबिल बैंक मर्ज हुने हल्ला चलेको छ ।
बिहीबार नेपाल बंगलादेश बैंकसँग मर्ज हुने हल्लाले कारोबारमा समेत प्रभावित भएको थियो ।
नविल बैंकले उत्तम साथी खोजें पनि यो सम्बन्धी कुनै सहमति नभएको यस अघिनै जानकारी दिई सकेको थियो ।
कुमारी बैंक सँग पनि कुनै सहमति भएको छन् । साथै जुन मिडियालाई लोगों प्रयोग गरी हल्ला फैलाइएको छ सो मिडियाले पनि आफ्नो लोगों दुरुपयोग भएको बताएको छ ।
सानो र ठूलो बैंक बीच हुने मर्जरले शेयर मूल्य ठूलो प्रभाव पार्ने गर्दछ । यस्ता हल्लाको पछि लाग्नु नयाँ लगानीकर्ताहरुको लागि निकै जोखिम हुने गर्दछ ।