• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिंगटी हाइड्रोको आईपीओमा पहिलो दिनमै माग भन्दा धेरै आवेदन,शेयर पाउन भाग्यकै भर

काठमाण्डौ – यही शुक्रवारदेखि प्राथमिक शेयर निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमा आवेदनको ओइरो लागेको छ ।

कम्पनिको शेयरमा पहिलो दिनमै माग भन्दा धेरै आवेदन परेको छ । मागको १.५ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा २ लाख ४२ हजार ८६१ जना आवेदकबाट ४० लाख ८३ हजार ५४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रवार अर्थात् चैत ६ गतेबाट आईपीओ सार्वजनिक गरेकी छ ।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको छ ।

प्रतिक्रिया