• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगानीकर्ताको लागि अर्को नयाँ अवसर – बफेलीले ३६ करोडको आईपीओ निष्कासन गर्ने

काठमाण्डौं– पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ ।

बलेफी हाइड्रोपावर लिमिटेड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । बलेफी हाइड्रोपवारले स्थानिय र सर्वसाधारणका लागि ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बफेलीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।

बलेफी हाइड्रोपावरको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया