खल्ती,प्रभु पे र आईएमई पेबाट पनि मेरो शेयर नविकरण गर्न सकिने

काठमाण्डौ – यस अगाडि बैंक र इसेवाबाट मात्र नविकरण हुँदै आएको मेरो शेयर अब भने थप ४ माध्यमबाट पनि नविकरण हुने भएको छ ।

सिडीएसले खल्ती, प्रभु पे, कनेक्ट आईपीएस र आईएमई पेलाई पनि प्रणालीमा आवद्द गराएर यी सेवा सेवा प्रदायक मार्फत पनि मेरोशेयर खाता र डिम्याट खाता नवीकरण गर्न सकिने ब्यबस्था गरेको हो ।

सिडीएससीले आज एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

गत श्रावण देखि रियल टाइम नविकरण सुरु गरेको CDSC ले नयाँ माध्यम थपे संगै नवीकरणमा सहज हुने छ ।

नेपालमा अहिले ३२ लाख भन्दा धेरैले Dmate खाता खोलेका छन् ।

प्रतिक्रिया