• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लन्डन स्टकमा बोन्ड जारी गर्दै निफ्रा

काठमाडौं – नेपाली शेयर बजारमा सबैभन्दा धेरै प्राथमिक शेयर निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोण्ड जारी गर्ने भएको छ ।

आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोण्ड जारी गर्न लागिएको जानकारी दिए ।

आइतबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा बैंकले ‘चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने गरी बैंकले ३० मिलियन डलर बराबरको बन्ड जारी गर्ने जानकारी दिइएको थियो । बोण्डका लागि नेपाल राष्ट्र बैंकबाट बैंकले स्वीकृति पाइसकेको छ ।

सो बोन्डबाट लगानीकर्ताले ८.५ प्रतिशतको प्रतिफल पाउने छन् । उक्त बोण्ड लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि जारी हुने समेत खतिवडाले जानकारी दिए ।
पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने खतिवडाको भनाई छ ।

प्रतिक्रिया