काठमाण्डौ – ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेकाे शेयर डिम्याटमा आएकाे छ । बिहिबारबाट सिडिएस एण्ड क्लियरिङ्गले कम्पनीको शेयर डिम्याट खातामा पठाउन थालेको हो।
सिडिएससीले कम्पनीको शेयरलाई जिएलएच (GLH) कारोबार संकेतमा मेरो शेयरमा पठाएको छ । नेप्सेले कम्पनीको शेयर शुक्रबार सूचिकृत गरेको छ । आज शेयर नेप्सेमा सूचीकृत संगै आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।
ओपनिङ्ग रेन्ज कति होला?
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३३ पैसा रहेको छ। नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्न सकिने व्यवस्था छ।
त्यस अनुसार न्यूनतम ९९ रुपैयाँदेखि २९८ रुपैयाँसम्म पहिलो कारोबार खुल्न सक्ने देखिन्छ।