• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने तर कहिले ?

काठमाण्डौ – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्ने भएको छ ।

कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने कार्यका लागि आज प्रभु क्यापिटल लाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइपीओ निष्काशन सम्बन्धी सम्झौतामा फाल्गुण २५ गते मंगलबार रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन ।

रिभर फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०।३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया