• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ज्योती लाइफको शेयरमा किर्तिमानी आवेदन, १५ लाखको हात खाली हुने

काठमाण्डौ – केही दिन पहिला शेयर निष्कासन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो।

क्यापिटलको अनुसार बुधबार साँझसम्ममा उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो ।

प्रतिक्रिया