• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

अरुण भ्याली हाइड्रोपावरले शेयर निष्कास गर्ने अनुमति पायो,कहिले होला निष्काशन ?

काठमाडौं – पछिल्ला केही दिन नेप्से र समग्र बजार ओरालो लाग्ने पनि लगानीकर्ताहरुको लागि लगानीका अवसरहरू भने धेरै खुलिरहेका छन् ।

यसै बीच अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन अनुमति पाएको छ । मंगलबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले ०७७ असोज २१ गते १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । जसअनुसार बोर्डले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले हकप्रद बिक्रीको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया