• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ज्योती लाईफको आईपीओमा आवेदनको ओइरो,१० लाख भन्दा धेरैको हात खाली हुने निश्चित

काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ)मा १५ लाख ७० हजार ४१४ जनाले आवेदन दिएका छन्।

बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार साँझ ५ बजेसम्म सो संख्याको आवेदन परेको हो। सो संख्याले कुल ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएको क्यापिटलले जनाएको छ । यो मङ्गलबार बेलुकी सम्मको विवरण हो ।

कम्पनीकाे आईपीओमा ११ लाख ८१ हजार ९३१ वटा आवेदनबाट २ करोड ८५ लाख ४३ हजार ४०० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ४.३५ गुणा बढी हाे ।

ज्योति लाईफलै ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको निष्कासन गरेको हो । ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्छन् ।

यो आइपीओ सार्वजनिक भएपछि बढीमा ६ लाख सम्मले १० कित्ताको दरले शेयर पाउने छन् । यसमा न्यूनतम १० कित्ता भर्दा उपयुक्त हुनेछ । शेयर बजारमा नयाँ लगानीकर्ताको संख्या पनि २५ लाख माथि पुगेको छ । सक्रिय रुपमै १६ लाख बढीले आवेदन दिने गरेका छन् ।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गरको हो । हाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया