• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सर्वोत्तम सिमेन्टको आईपीओको चर्चा,मूल्य ७५० हुने कुराले लगानीकर्ता दुखी

काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले करिब ४० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । ४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

यही साता सम्ममा आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम भइरहेको स्रोतले बताएको छ ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । प्रस्तावित मूल्य क्युआइआइ (क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर)बाट अनुमोदन हुन भने बाँकी रहेको सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए ।

क्युआइआइको प्रक्रिया सकिएपछि निर्धारण भएको मूल्यको आधारमा कम्पनीले निष्काशन अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने दाहालले जानकारी दिए ।

बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार नियमावलीको अनुसूची ५ बमोजिम विवरण पत्र र उक्त विवरण पत्रमा आफ्नो अनुमानित मूल्य र मुल्याङ्कनको आधार र औचित्य खुलाइ क्युआइआइ सामु दाबी गनुपर्ने व्यवस्था छ ।एनआइआइको लागि कम्तीमा ५० कित्ता दिनुपर्नेछ। त्योभन्दा घटी सर्वसाधारणले पाउने छैनन्। गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि शेयर प्राप्त गर्ने सर्वसाधारणले ५० कित्ता शेयर पाउनेछन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय