लगानीकर्तालाई शेयर बजारको चिन्ता नेप्से २ हजार की ३ हजारको बाटोमा ? जानकार भन्छन् अब बढ्छ

काठमाण्डौ – करिब एक वर्ष कोरोना थला परेको नेपाली शेयर बजार त्यस यता आर्थिक चहल पहल दिनेगरी खुलेको पहिलो गतिविधि हो ।

अनलाइन प्रविधिमा गएपछि जोखिम उच्च रहेकै बेला बजार खुल्यो । धेरैको अनुमान थियो खुले पनि बजारमा हलचल हुँदैन । तर महामारीको बेलामा बजारले रफ्तारमा लय समायो र धेरै नयाँ लगानीकर्ता बजारमा भित्रायो ।

२०७७ सालमै नेपाली शेयर बजारले अहिले सम्मकै उच्च बिन्दुमा पुग्यो । त्यति मात्र होइन आज सम्म भएका सबै बजारका रेकर्ड तोड्यो । नयाँ लगानीकर्तालाई भीड र प्रविधिको कारणले सक्रिय लगानीकर्ताको संख्या ५ लाख माथि पुग्यो । यसले बजारमा झन् ततायो ।

यही बीचमा सबैभन्दा ठूलो आइपीओ निस्कासन भयो । बजार अझ चलायमान भयो । Dmate खाता खोल्नेको संख्या नै २५ लाख माथि पुग्यो ।

शेयर बजार बढ्नुको अर्को कारण हो बैंकले ब्याजदर घटाउनु । बैंकले उच्च रुपमा बैंक ब्याजदर घटाए पछि त्यसको विकल्पमा धेरैले शेयर बजार रोजे ।

तर समय सधैं एकनास रहेन । विगत एक हप्तादेखि शेयर बजारले लगानीकर्तालाई निराश बनाएको छ । लगातार घटेको बजार २५ सय हाराहारीमा आइपुगेको छ । जसले धेरै लगानीकर्तालाई आत्तिने बनाएको छ ।

यसका केही कारण छन् । पहिलो हो राजनीतिक परिवर्तन । संसद विघटन,संकटकाल,नयाँ सरकार जस्ता विषयले बजारमा असर गरेको अनुमान गर्न सकिन्छ । तर यो अवस्था लामो समय रहने छैन् ।

शेयर बजारका जानकारहरु भन्छन् अब बजार पुरानै लयमा फर्कने छ । बैंकले ब्याजदर बढाएका छैनन् दीर्घकालीन रुपमा असर गर्ने मुख्य कारण भनेको यही हो तर ब्याज बढेको छैन । त्यसैले केही दिन घटेको बजार अब भने बिस्तारै बढ्ने अनुमान छ ।

अब शेयर बजार ३ हजारको बिन्दुमा पुग्छ । अहिलेको सानो उतार चढाबले आतिनु हुँदैन् ।

प्रतिक्रिया