• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

३५ करोड ३१ लाखको नयाँ आईपीओ आउने पक्का,कहिले खुल्छ आवेदन ?

काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला अर्को एक कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोना प्रभावित स्थानीय र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ । बाँकी कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सनराइज क्यापिटल र मोलुङ्ग हाइड्रोपावर कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।

काठमाण्डौको रविभवनस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ । जारी पुँजीमा सेयर संरचनाअन्तर्गत ५६% अर्थात ४४ करोड ९४ लाख रुपैयाँ संस्थापक सेयर र ४४% अर्थात ३५ करोड ३१ लाख रुपैयाँबराबरको सेयरको सार्वजनिक निष्काशनबाट संकलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया