• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर

ज्योती लाईफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुने मिति सर्यो,कहिले खुल्छ आवेदन ?

काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्स (JLICL) ले यहि फागुन २३ गते देखि देखि निष्कासन गर्न लागेको शेयर अब फागुन २१ गतेनै सार्वजनिक गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै मिति अघि सरेको जानकारी दिएको हो ।

ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो ।

निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

यो आइपीओ सार्वजनिक भएपछि बढीमा ६ लाख सम्मले १० कित्ताको दरले शेयर पाउने छन् ।

पछिल्लो समय एकपछि अर्को नयाँ कम्पनीहरुले शेयर निष्कासन गरिरहेका छन् । यतिमात्र हैन नयाँ लगानीकर्ताको संख्या पनि २५ लाख माथि पुगेको छ । सक्रिय रुपमै शेयरमा आवेदन दिनको सङ्ख्या १६ लाख पुगेको छ ।

यो कम्पनीको शेयरमा बढीमा १० कित्ता आवेदन दिनु राम्रो देखिन्छ ।

प्रतिक्रिया