काठमाण्डौ – १५ लाख लगानीकर्तालाई शेयर दिन सफल नेपालकै ठूलो आइपीओ निष्कासन गरेको नेपाल पूर्वाधार विकास कम्पनीको शेयरको चर्चा चिया पसल देखि सामाजिक सञ्जाल सम्म छ ।
कारोबार सुरु भएको दिन देखिनै आक्रामक कारोबार भएको यो कम्पनीको शेयर करिब २ हप्ता सम्म लगातार बढेर शेयर मूल्य ७ सय माथि सम्म पुगेको थियो । जसले धेरै लगानीकर्तालाई खुसि बनेको थियो ।
तर खुसी धेरै समय टिकेन । शेयर बजारमा निकै कम देखिने घटना यो कम्पनीको शेयरमा पनि देखियो । त्यो के भने एकै दिन सकारात्मक सर्किट र नकारात्मक सर्किट । यस्तो निकै काम मात्र हुने गर्छ ।
गत हप्ता बिहीबार यो बैंकको शेयर समान्ने घटेर ५ सय भन्दा थोरै माथिमा कारोबार भएको छ । आज आईतबार यसको शेयर के होला भन्ने धेरैको चासो छ ।
जानकारहरुका अनुसार यो कम्पनीको वित्तीय विश्लेषणले 3-4 सयको हाराहारीमा कम्पनीको शेयर मूल्य कायम हुनु पर्ने बताउँछन् । त्यो हिसाबले हेर्दा अझ केही दिन सेयर मूल्य घट्ने देखिन्छ । तर अत्याधिक लगानीकर्ता भएको कारणले खरिद बिक्रीका चापले यसको मूल्य निर्धारण गर्ने छ ।