• गृहपृष्ठ /
  • Breaking News ,
  • English ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

महिला लघुवित्तको शेयर बाडँफाडँ,१५ लाख लगानीकर्ताको हात खाली,यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डौ – महिला लघुवित्तको शेयर बाडँफाडँ भएको छ । आज एक कार्यक्रमका बीच शेयर बाँडफाड गरिएको हो ।

बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट मंगलबार गरिएको थियो ।

कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।

विगतमा जस्तो अनलाइन माध्यमबाट नजिता सार्वजनिक नहुने भएपछि नतिजाको लागि मेरो शेयर कुर्नु पर्ने भएको छ । नतिजा २ घण्टामा हेर्न सकिने छ ।

प्रतिक्रिया