• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नयाँ पुनर्बीमा कम्पनीको तीन अर्बको आईपीओ ल्याउने तयारी

काठमाडौं–बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नयाँ बीमा कम्पनी ल्याउने तयारी भएको छ । तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) ल्याउने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको हो ।

बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी गरेका छन् ।

अधिकृत पूँजी २० अर्ब रुपैयाँ,जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएको छ । कम्पनीको तत्काल चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने छ । सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गरेर कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पु¥याउने योजना छ ।

कम्पनीमा ७० प्रतिशत संस्थापक शेयर हुनेछ । त्यसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ । यस्तै वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ छ ।

७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको पनि कम्पनीले जनाएको छ ।

बीमा समितिका पूर्व अध्यक्ष शाहसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको पहलमा नयाँ कम्पनीको दर्ता प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया