काठमाडौ – यसो त नतिजा सर्वाजनिक भएको लामो समय सम्म पनि आइपीओको नतिजा हेर्न हम्मे हम्मे पर्छ अब झन् झन्झट हुने भएको छ ।
यस अघि जस्तो सबैले यसको नतिजा सार्वजनिक गर्न पाउने छैन । अब ३ निकायले मात्र नजिता प्रकाशित गर्ने छन् ।
हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्ताे व्यवस्था गरेकाे हाे । यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा अब भने सम्बन्धित कम्पनी, आइपिओकाे निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू भएकाे सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्याैपानेले जानकारी दिएका छन् ।
धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को बुँदा ४७ अनुसार, “सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।” साेही एन बमाेजिम याे व्यवस्था गरिएकाे हाे ।