मध्य भोटेकोशीको आईपीओ बाँडफाँड हुने,८ लाख भन्दा धेरैले शेयर पाउने

काठमाडौं - सबैको चासोको विषय बनेको  मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा शुक्रबार (कात्तिक १२ गते) बाँडफाँड हुने भएको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँड  गरिनेछ । कम्पनीको शेयरमा अन्तिम सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो । 

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

प्रतिक्रिया