• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

महिला लघुवित्तको शेयर भोली विहान ८ बजे बाँडफाँड हुने,धेरैको हात खाली

महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने तयारी गरिएको छ।

लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ। लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५।७२ गुणा बढी हुन आउँछ ।

लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

कम्पनीको शेयर गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी धेरैको हातभने खाली हुने छ ।

प्रतिक्रिया