रिलायन्स स्पिनिङको आईपीओ पनि चलखेलको आसंका,आवेदन दिन ४१ हजार चाहिने

काठमाण्डौ । बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको प्राथमिक सेयर भर्न सर्वसाधारणलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ । 
केहि समय अघि बुक बिल्डिङ विधिबाट खुलेको आईपीओमा संस्थागत लगानीकर्ताले उच्च मूल्यमा बोलकबोल गरेका थिए । ययहि प्रक्रियामा केहि गडबढी भएको हुन सक्ने कतिको अनुमान समेत रहेको छ । 

कम्पनीले बुक बिल्डिङबाट प्राथमिक शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्ड अहिले प्रमुख विहिन छ त्यसैले यस सम्बन्धी निर्णय हुन भने केहि समय लाग्ने देखिन्छ । 

नेप्सेका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ तय भएको थियो । बुक बिल्डिङमा कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ । त्यस्तै सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । यसअनुसार कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ ।

कम्पनीले दोस्रो चरणमा प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ खोल्नेछ । त्यसपछि तेस्रो चरणमा मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ । यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ यहीं विधिबाट निष्कासन भइरहेको छ ।

प्रतिक्रिया