कार्तिक महिना भित्रै शेयर बजार ३२ सय विन्दुमाथि

काठमाडौं - शेयर बजारमा लगानीकर्ताहरु थपिनेक्रम जारी छ । संख्या बढेसँगै चासो र चर्चा पनि निकै बढेको छ । अहिले गाउँ गाउँमा शेयर बजारको कुरा हुन् थालेको छ । 

पछिल्ला २ महिनाको अवधिमा शेयर बजार ७ सय विन्दुले घटेर २५ सय भन्दा तल्लो बिन्दुमा आइपुग्यो । नेप्सेमा नै नकारात्मक सर्किट लागेर बजार बन्द हुने सम्मका अवस्था बजारले भोग्नु पर्यो । दैनिक २४ अर्ब माथि सम्म पुगेको कारोबार रकम २ अर्ब सम्म झर्यो । यसले धेरै लगानीकर्तालाई निराश समेत बनायो । 

दशैको बेला निराश बनाएको बजारले अहिले भने गति लिएको छ । तिहारको बेला बजार बढेर बन्द भएपछि यो पटक भने लगानीकर्ता आशावादी रहेका छन् । अहिले बजार २८ सय बिन्दुमा रहेको छ भने धेरैले ३२ सयको उच्च रेकर्ड तोड्ने अनुमान गरेका छन् । 

शेयर बजार घटाउन मुख्य भूमिका खेलेको के हो ?

१. शेयर बजार घट्नुमा मुख्य भूमिका भने शेयर धितो कर्जाको रहेको धेरैको बुझाइ छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा १२ करोडमा सीमित गरिदियो । जसले ठूला लगानीकर्तालाई असर गर्यो । जसले ठूलो सप्लाई आई बजार घटेको भन्ने गरिन्छ । 

२.बजारमा चरम तरलता अभाव र सिडी रेसियो पनि बजारमा प्रभाव पार्नुको कारण हो । बजारमा तरलता अभाव हुँदा चाहेजति लगानी गर्ने कर्जा नभएका कारण बजार केही घट्न पुग्यो । 

३. बैंकहरुले बचत संकलन गर्न आक्रमक रुपमा बैंकको ब्याज बढाए जसको असर शेयर बजारमा देखियो ।  नयाँ लगानीकर्ताहरु बजारतिर भन्दा नी बैंकको ब्याज तिर आकर्षित भए जसले बजार घट्न पुग्यो । 

यी बाहेक अन्य धेरै कुराहरु छन् जसले बजार घट्न भूमिका खेलेका छन् । धितोपत्र बोर्डको ५१ कम्पनीको सूचीले पनि लगानीकर्ता तर्साएको भन्ने गरिन्छ । 

अब बजार बढ्नुका कारण के छन् ? 

बजार घटिरहेको अवस्थामा अब माथि जाने आधार के छन् त ? यो प्रश्न धेरै लगानीकर्तामा आउन सक्छ । 

१. मौद्रिक नीतिले तोकेको शेयर धितो कर्जाको प्रभाव सकियो भन्ने मान्यता छ । ठूला लगानीकर्ताहरुले जति सप्लाई दिनु पर्ने थियो त्यति दिई सके अब बजार नयाँ लगानीकर्ताको हातमा आयो भन्ने बुझाइ छ । लगानीकर्तालाई यही मनोबलले शेयर बजार बढेको अनुमान छ । 

२. राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा यही मंसिरमा गर्दै छ । पहिलो संशोधन मार्फत शेयर बजारमा प्रभाव परेका सिडी रेसियो,शेयर धितो कर्जाको सीमामा पुनर्विचार हुने चर्चाले पनि बजारमा प्रभाव परेको बुझ्न सकिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय