धेरैको पीडा बोल्ने गीत ‘बाटो भिरको’ (भिडियोसहित)

काठमाडौं — सार्वजनिक भएको २४ घण्टा नपुग्दै नयाँ गीत ‘बाटो भिरको’ दर्शक–श्रोताबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

जीवनका दुःख र पीडालाई गीतले सरल तर मार्मिक शब्द र संगीतमार्फत प्रस्तुत गरेको छ। शब्दका खानी मानिने शिव अखेलीले गीत लेखेका हुन् भने, उनका धेरै गीतमा स्वर दिइसकेका गायक सुर्य खड्कानिशा केसीले यसमा स्वर दिएका छन्।

अडियोसँगै सार्वजनिक गरिएको भिडियो पनि उत्कृष्ट बनेको छ। दुर्गा पौडेलले निर्देशन गरेको भिडियोलाई गायक सुर्य खड्का र स्मारिका ढकालले जीवन्त अभिनयमार्फत अझ प्रभावशाली बनाएका छन्।

 

प्रतिक्रिया