• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कारोबार सुरु भएको केहि सेकेण्डमै निफ्राको शेयरमा सर्किट

काठमाण्डौ । दोस्रो बजारमा कारोबार भएको दोस्रो हप्ताको दोस्रो दिने पनि नेपाल पुर्वाधार विकास बैक नेफ्राको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको ३० सेकेण्डमै शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आक्रामक कारोबार हुँदै लगातार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । योसँगै शेयर मूल्य ६ सय ६० पुगेको छ । आज पनि कम्पनीको शेयर खरिदमा अत्यधिक चाप रहेको छ । यो समाचार तयार पर्दा सम्म शेयर खरिदको लागी ७ लाख भन्दा धेरै कित्ताको माग रहेको छ ।

केहि समय पहिला सर्वसाधारणको लागि प्राथमिक शेयर सार्वजनिक गरेको बैकले अघिल्लो साताबाट दोस्रो बजामार कारोबार गर्न सुरुगरेको हो । पहिलो दिन ३ सय ४० मा पहिलो कारोबार भएको कम्पनीको त्यस यता लगातार शेयर मूल्यमा सर्किट लाग्दै आएको छ । त्यति मात्र होइन कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार समेत भएको छ ।

प्रतिक्रिया