• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको पहिलो दिन समान्य अंकले बढ्यो नेप्से,कारोबार रकम घट्यो लगानीकर्ता जलविद्युतमा आकर्षित

काठमाण्डौ । साताको पहिलो दिने नेप्से करिव ४ अंकले बढेर २६ सय ४० विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेप्से सामान्य बढे पनि आज कारोबार भएका २ सय ६ कम्पनीहरुमा अधिकांसको शेयर मूल्य घटेको छ । ६७ कम्पनीहरुको शेयर मूल्य बढ्दा १ सय ३ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

आज कारोबार भएका ७ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ भने निफ्राको लगातार दोस्रो हप्तामा पनि शेयर मूल्य बृद्धि भएको छ । नेपाल बैकको सबै भन्दा धेरै कारोबार हुँदा आज भने लगानीकर्ताहरु बैक र जलविद्युतमा आकर्षित भएको देखियो ।

आज नेप्सेका अधिकांस उपसूचकहरुमा रातो पोतिएको छ ।

प्रतिक्रिया