काठमाण्डौ – केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यसै साता बाँडफाँड हुनेगरि काम अगाडी बढेको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले यही साताको शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने आर्थिक सन्देशलाई जानकारी दिएको छ ।
यो लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
कम्पनीको शेयर गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी धेरैको हातभने खाली हुने छ ।