• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

१० अर्बको एनआरएन कोष,साढे आठ अर्बको आईपीओ ल्याउने प्रक्रिया अघि बढ्यो

काठमाण्डौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले केही दिन अघि कम्पनी दर्ता समेत गरिसकेको छ ।

कोषमा नेपाल सरकारको तर्फबाट पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताए । कम्पनी अघि बढाउन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृया रहेको बताउँदै छिट्टै दर्ता भई काम सुरु हुने बताए । पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । विदेशमा रहेका नेपालीका लागि साढे आठ अर्ब रुपैयाँको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने योजना छ ।

गैरआवासीय नेपालीहरुले लगानीका लागि आइपीओ जारी हुनेछ ।

प्रतिक्रिया