• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

महिला लघुवित्तको आईपीओमा अहिले सम्मकै धेरै आवेदन,धेरैको हात खाली

काठमाण्डौ – नेपाली शेयर बजारमा निफ्राको आवेदन उचाईलाई समेत पछि पार्ने गरी नयाँ कम्पनीको आवेदन परेको छ । भर्खर मात्र शेयर निष्काशन गरेको महिला लघुवित्तको शेयरमा ठूलो संख्यामा आवेदन परेको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आईपीओ भर्ने आज अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १५ लाख ७७ हजार ३१६ आवेदकले २ करोड ४६ लाख १२ हजार १३८ कित्ताका लागि आवेदन दिएका छन्। यसअघि नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को आईपीओमा १५ लाख ५० हजार आवेदन परेको थियो ।

लघुवित्तले ४ लाख कित्ता मात्र शेयर सर्वसाधारणको लागि छुट्याएको हो । यसमा पनि लघुवित्तका कर्मचारीलाई ५ हजार कित्ता र सामुहिक लगानी कोषहरुलाई २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरिएको हो ।

यस आधारमा लघुवित्तको १० कित्ता शेयर पाउने शेयरधनीको संख्या ३७ हजार ५०० मात्र हुनेछ भने १४ लाखभन्दा बढी आवेदकले शेयर पाउने छैनन् ।

प्रतिक्रिया