दोल्ती पावरको आईपीओमा करिब साढे ८ लाखको आवेदन

काठमाडौं - दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब साढे ८ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०३ बजेसम्ममा ८ लाख ४६ हजार ५३२ आवेदकबाट ९४ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ९४ लाख ५४ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाइएको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरको ७.४३ गुणा बढी हो ।

प्रतिक्रिया