• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

फेरि ठूलो आईपीओ – साहस उर्जाले १ अर्ब ५ करोडको शेयर निष्काशन गर्ने

काठमाडौ – नेपाली शेयर बजारमा धेरै कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रक्रियामा छन् । लगानीकर्ता २५ लाख माथि पुगेको अवस्थामा आइपीओ सबैको चासोको विषय बन्दै गइरहेको छ । पछिल्लो समय आइपीओमा उठेको पैसाले नेपालमा पूँजीको अभाव नरहेको प्रष्ट हुन्छ ।

यसै बीच साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनिको शेयर मध्य ३५ करोड स्थानीय बासीको लागि र बाकी ७० करोड सामूहिक लगानी,कर्मचारी र सर्वसाधरणको लागि निष्कासन हुने छ ।

कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।कम्प’नीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ।

प्रतिक्रिया