• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा करिब १४ लाखको आवेदन,शेयर पाउन भाग्यकै भर

काठमाडौ – ग्रीनलाइफ हाइड्रोपावरको कम्पनीको साधारण सेयर (आइपीओ) मा १३ लाख ३७ हजार ९४२ जना आवेदकले आवेदन दिएका छन् ।

आवेदनकर्ताले २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँको २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् ।

ग्रीनलाइफले गत माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार चार सय गरी कुल ३४ लाख ९६ हजार चार कित्ता शेयरका लागि आईपीओ जारी गरेको थियो ।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

शेयर आवेदन दिने आज (माघ २७ गते) अन्तिम दिन हो ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया