• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चौधरी ग्रुपले वाईवाई चाउचाउको आईपीओ जारी गर्ने तर कहाँ ?

काठमाडौं–उद्योगपति बिनोद चौधरी वाईवाई चाउचाउको कारण अर्बपतिको सूचीमा पर्न सफल भएका हुन् । चौधरीलाई अर्बपति क्लबमा पु¥याउन वाईवाई चाउचाउको योगदान छ ।चौधरी ग्रुप अन्तर्गतका उद्योगले उत्पादन गर्ने वाईवाई चाउचाउ नेपालमा मात्र नभएर भारत लगायत पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकमा, अफ्रिका, इजिप्ट लगायतका मुलुकमा पुगेको छ ।

यही वाईवाई चाउचाउमा सर्वसाधारणको लगानी बढाउनका लागि चौधरीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेका छन् ।फर्च्युन अनलाइनसँगको अन्तरवार्तामा चौधरीले फुड विजनेश विस्तारको लागि आईपीओ जारी गर्ने तयारी भैरहेको पनि बताएका छन् ।
चौधरीका अनुसार भारतको वाईवाई उद्योगका पुँजी बढाउन भारतीय पूँजी बजारमा आईपीओ जारी गर्ने तयारी गरेका हुन् । ‘पुँजी बजारको विकास राम्रो भएको छ । सहि समय आएको छ । हामी धेरै उत्साहका साथ आईपीओ जारी गर्न गइरहेको छौं’ चौधरीले फर्च्युन अनलाइनसँगको अन्तरवार्तामा भनेका छन् ।

नेपालमा नभई भारतको स्टक एक्जेन्जमा सुचिकृत भएर भारतीय बजारमा आईपीओ जारी गर्न लागेका हुन् ।चौधरीले नेपालको वाईवाईको आईपीओ निष्कासन गर्ने बारेमा केही खुलाएका छैनन् । सन् २०२०मा भारतमा वाईवाई चाउचाउको बिक्री ५० प्रतिशतले बढेको बताइएको छ । कोभिडल होटल तथा रेष्टुरेन्ट बन्द हुँदा भारतमा ड्राइ फूडको खपत ह्वात्तै बढको छ ।
सन् २०२० मा १० अर्ब भारु (१६ अर्ब नेरु) बराबरको वाईवाई चाउचाउ बिक्री भएको चौधरील बताएका छन् । उनका अनुसार भारतमा मात्र ३ अर्ब प्याकेट वाईवाई चाउचाउ बिक्री भएको छ ।

प्रतिक्रिया