• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा साढे ४ गुणा बढी आवेदन,शेयर पाउन भाग्यकै भर

काठमाडौ – ग्रीन लाइफ हाइड्रोपावरले बिक्रीमा ल्याएको आइपीओमा आइतबार साँझसम्ममा साढे ४ गुणा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा आइतबार साँझ ४ः४० बजेसम्ममा ८ लाख ९ हजार ५६३ जना आवेदकबाट १ करोड ४७ लाख ६८ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ४.५४ गुणा धेरै हो।

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि करिब साढे ३२ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । ग्रीनलाइफ हाइड्रोपावरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार शुक्रबार ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्काशन गरेको हो ।

२३ गतेदेखि २७ गतेसम्म ग्रीनलाईफको आईपीओ भर्न सकिनेछ । इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकीएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सक्नेछन् ग्रीनलाइफले विभिन्न ठाउँमा जलविद्युत आयोजना निर्माण गरिहका छ । ग्रीनलाइनफको अधिकृत पुँजी. २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

उक्त कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण सेयर बाडँफाड भईसकेको छ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्काशन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर–एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ ।
ग्रिनलाइफले दोलखामा ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २०७८ वैशाख देखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

४० मेगावाट क्षमताको जलविद्युत आयोजना मध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ ।

पछिल्लो समय शेयरमा सबैको आकर्षण देख्दा यो कम्पनीको पनि शेयर 2 दिनमै माग भन्दा धेरैको आवेदन पर्ने निश्चित छ । त्यसैले यो कम्पनीको शेयरमा 10 कित्ता आवेदन दिनु उचित हुने छ ।

प्रतिक्रिया